काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग शुरु हुने अझै अन्यौल रहे तापनि संकटा क्लबले लिगलाई मध्य नजरमा राख्दै केही महत्वपूर्ण खेलाडीहरुलाई क्लबमा आवद्ध गरेको छ । जसमा राष्ट्रिय फुटबल टोलीका केही अहम सदस्यहरु पनि छन् ।
संकटाले भित्राएको ६ खेलाडीहरुमा सुनिल बल, सुरज जिउ ठकुरी, आयुष घलान, गौतम श्रेष्ठ, निशान खड्का र गोलरक्षक टिकेन्द्र थापा रहेका छन् । स्मरण रहोस, यी ६ खेलाडी नै राष्ट्रिय फुटबल टोलीका सदस्य समेत हुन् ।
सुनिल बलले गत सिजन मच्छिन्द्रका लागि खेल्दै लिग उपाधि जितेका थिए । त्यस्तै आयुष घलान र निशान खड्का थ्रीस्टारमा आवद्ध थिए भने गौतम श्रेष्ठ आर्मी तथा टिकेन्द्र र सुरज जावलाखेलमा रहेर लिग खेलेका थिए ।
यी खेलाडीहरुलाई अनुवन्ध गरेसँगै संकटा थप बलियो टोलीका रुपमा उभिने देखिएको छ । संकटाले यहि पौष १४ गतेदेखि शुरु हुन गईरहेको प्रतिष्ठित २२औं आहा! रारा पोखरा गोल्डकप पनि खेल्दैछ । जसमा संकटाले पौष १८ गतेका दिन बलियो त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्ने कार्यक्रम छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै