News
२२औं आहा! रारा पोखरा गोल्डकपलाई सफल पार्न सामुहिक प्रतिबद्धता

पोखरा । सहारा क्लब पोखराले आगामी पौष १४ गते देखि २३ गते सम्म संञ्चालन गर्न गै रहेको २२औ संस्करणको आहा।रारा पोखरा गोल्ड कप २०७९ मा जिल्ला फुटबल संघ कास्कीमा आबद्ध क्लबहरुको पदाधिकारीहरु समेतको भेलाले गोल्ड कपलाई सफल पार्न सामुहिक प्रतिबद्धता व्यक्त गरेका छन।
आबद्ध १६ क्लबहरुको अध्यक्ष तथा क्लब प्रतिनिधिहरुले फुटेर होईन जुटेर भन्ने शन्देश दिँदै उक्त प्रतिबद्धता व्यक्त गरेका हुन। आसन्न गोल्ड कप सफल पार्न आयोजक सहारा क्लबले गठन गरेको विभिन्न संघ संस्था समन्वय उपसमितिका संयोजक तथा सहारा क्लबका सल्लाहकार टिका बहादुर कार्कीको संयोजकत्वमा बसेको उक्त बैठकले पोखरामा आयोजना हुने कुनैपनि फुटबल खेल सम्बन्धि कार्यक्रमलाई पोखराको अपनत्व महशुस गरी सफल पार्नुपर्ने कुरालाई बिशेष जोड दिएका थिए।
उक्त भेलामा बुद्धि बहादुर खत्री, बिष्नु कुमार गुरुङ, प्रितम गुरुङ, नर प्रसाद गुरुङ, हितमान गुरुङ, पदम बहादुर ढकाल, खेम राज बराल (पुष्प), प्रजापति गुरुङ, भानुभक्त अधिकारी, बिशाल गुरुङ, केदार कुमार श्रेष्ठ, विनोद गुरुङ, शिब (माया) गुरुङ, सुविन श्रेष्ठ, विरभद्र आचार्य, समेतले आ-आफनो भनाई राखेका थिए ।
मोफसलको फुटबलको विकासलाई भेलाले सकारात्मक शन्देश दिएको र आगामी दिनहरुमा समेत आपसी भाईचारा बन्धुत्व अभिवृद्धि गर्नु निष्कर्ष निकालेको संयोजक टिका बहादुर कार्कीले बताए ।
पोखरा रंगशालामा हुन गईरहेको मोफसलको प्रतिष्ठित २२औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उद्घाटन खेलमा धरान एफसी, सुनसरी र आयोजक सहारा क्लब, पोखरा भिड्ने कार्यक्रम छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments