काठमाडौं । अन्यौल बन्दै गईरहेको नेपाली फुटबलमा कुनै सम्भावना नदेखेपछि नेपाली राष्ट्रिय फुटबल टोलीका युवा मिडफिल्डर त्रिदेव गुरुङ पनि सुनिश्चित भविष्यका लागि अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
पोखरेली फुटबलर त्रिदेवले दुई वर्ष अघि घरमै सम्पन्न नेपाल, बंगलादेश र किर्गिस्तान सम्मिलित थ्री नेशन्स कपको उपाधि जितेका थिए । घरेलु फुटबलमा सहारा क्लब हुँदै हिमालयन शेर्पा फुटबल क्लबमा आफ्नो खुशी देखाईसकेका त्रिदेव क्षमतावान खेलाडी पनि हुन् । तर सम्भावना बोके पनि भविष्य नदेखेपछि त्रिदेश विदेशिएका छन् ।
अष्ट्रेलियातर्फ प्रस्थान गर्ने त्रिदेव एक्लो खेलाडी भने होईनन् । त्यसो त, राष्ट्रिय टोलीका सदस्य त्रिदेव अष्ट्रेलिया पुग्ने पहिलो राष्ट्रिय खेलाडी पनि होईनन् । बरु अष्ट्रेलिया पुग्ने खेलाडीहरुको सूचीमा उनको नाम पनि थपिएको हो ।
यसअघि राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्यहरु सुमन अर्याल, आशिष लामा, सुमन लामा, राजन गुरुङ, अभिषेक रिजाल, सन्तोष तामाङ पनि केही महिना अघि मात्रै अष्ट्रेलिया पुगिसकेका छन् । ए डिभिजन खेलेका खेलाडीहरुको विदेश पलायनको आँकडा भने नगन्य भईसकेको छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै