News
हेटौडामा आठौं राष्ट्रिय भेट्रान्स कप हुँदै

हेटौंडा । हेटौडा भेट्रान्स क्लबको आयोजनामा आउँदो पुष १९ देखि २३ गतेसम्म हेटौंडामा आठौं राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । हेटौडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा हुने प्रतियोगितामा कुल २० टोलीहरुको सहभागिता रहने आयोजकले जानकारी दियो ।
प्रतियोगितामा मकवानपुर, चितवन, वीरगञ्ज, बारा, नवलपरासी, पोखरा, काठमाडौं र विराटनगरका क्लबहरुको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ५५ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक राजकुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको संयोजक श्रेष्ठले बताए । उनका अनुसार प्रतियोगितामा विदेशी टोलीहरुलाई आमन्त्रण गर्न प्रयास भईरहेको पनि जानकारी दिए ।
Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा