
काठमाडौं । बहुप्रतिक्षित शहिद स्मारक ए डिभिजन लिगको यस सिजन डबल राउण्ड रोबिनका आधारमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । मंगलबार एन्फा र सम्बन्धित क्लबका प्रतिनिधीहरुसँगको आवश्यक छलफल पश्चात् सो निर्णय भएको एन्फाले जनाएको छ ।
एन्फाका अनुसार लिग यस वर्षको पौष २६ गतेदेखि शुरु भई आगामी वर्षको जेष्ठ २० गतेसम्म चल्ने जानकारी दिइयो । यो निर्णयसँगै यसवर्षको शिर्ष लिग करिब ५ महिना लामो हुने पनि निश्चित भएको छ । साथै एन्फाको यो निर्णयले लिग खेल्ने खेलाडीहरु पनि वर्षको अधिकांश समय व्यस्त हुने सम्भावना देखिएको छ ।
त्यस्तै बैठकले यसपटक लिग काठमाण्डौंबाहिर पनि आयोजना गर्न आवश्यक पहल र छलफल भईरहेको एन्फाले जानकारी दियो । साथै लिगलाई व्यवस्थित गर्न यहि कार्तिक १४ गते कार्यशाला गोष्ठीको आयोजना समेत गरिने एन्फाले जनाएको छ ।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ उपाध्यक्ष विर बहादुर खड्का, उपाध्यक्ष विराट कृष्ण शाही, कार्यसमिति सदस्य रमेश व्यञ्जनकार, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा तथा एन्फा महासचिव किरन राई लगायतको पनि उपस्थिति रहेको थियो ।
हेर्नुहोस बैठकले गरेको निर्णयहरुः
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न