News
हाईफा टाईगरलाई वलिहाङ कपको उपाधि
काठमाडौं । किराँत याक्थुङ चुम्लुङ, इजरायलको आयोजनामा सम्पन्न छैठौं वलिहाङ कप फुटबल प्रतियोगिताको उपाधि हाईफा टाईगरले जितेको छ ।
उपाधिका लागि भएको फाइनल भिडन्तमा हाईफाले राइजिङ स्टारलाई ४–० ले हराउँदै च्याम्पियन बन्न सफल भएको हो । विजेता बनेको हाईफाले उपाधिसहित ८ हजार सेकल हात पार्यो भने उपविजेता राइजिङ स्टारले ४ हजार सेकलसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी राइजिङका प्रताप लिम्बु चुनिए । उत्कृष्ट गोलरक्षक हाईफाका सागर लिम्बु घोषित हुँदा उत्कृष्ट डिफेन्डर हाईफा कै प्रमोद लिम्बु बने । सर्वाधिक गोलकर्ताको पुरस्कार पनि हाईफा कै सुन्दर नेपालले हात पारे ।
Post Comments
Related News
- खेलाडी आशिष राईको सहयोगार्थ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज
- चोटिल खेलाडी आशिष राईको उपचारार्थ मलेसियामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच हुने
- फिफा विश्वकप हेर्न क्यानडा पुगेका ५ नेपालीले मागे शरणार्थी दर्जा
- हिमालयनलाई हराउँदै एन पेनाङ विजयी, आशिष राईको उपचारका लागि आर्थिक सहयोग
- मलेसियन लिगमा निशा र हिराको गोल