News
फेरि हार्यो रोहितको टोली पेर्सिक
काठमाडौं । इण्डोनेसियाको शिर्ष लिगमा व्यवसायीक फुटबल खेलिरहेका नेपालका चर्चित मिडफिल्डर रोहित चन्दको टोली पेर्सिक केदिरीको खराब लय निरन्तर जारी छ । लिगको १०औं खेल समाप्त हुँदासम्म एउटै जित हात पार्न नसकेको पेर्सिकले शनिबार सातौं हार बेहोर्यो ।
एरेमा क्लबसँग १–० ले पराजित हुन पुगेको केदिरी लिगतालिकामा ३ अंकका साथ पुछारमा छ । शनिबार एरेमाको जितमा खेलको अन्तिमतिर ८१औं मिनटमा इश्र्याद मौलानाले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलमा निरन्तर पहिलो रोजाई मै रहेर खेलिरहेका रोहितले अपेक्षाअनुसार नतिजा भने हात पार्न सकेका छैनन् ।
यो जितपछि एरेमा १० खेलबाट १४ अंकका साथ नवौं स्थानमा छ । पेर्सिक ३ अंकका साथ पुछारको १८औं स्थानमा छ । पेर्सिकले आफ्नो आगामी खेल बिहीबार बारिटो पुतेरासँग खेल्नेछ ।
Post Comments
Related News
- खेलाडी आशिष राईको सहयोगार्थ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज
- चोटिल खेलाडी आशिष राईको उपचारार्थ मलेसियामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच हुने
- फिफा विश्वकप हेर्न क्यानडा पुगेका ५ नेपालीले मागे शरणार्थी दर्जा
- हिमालयनलाई हराउँदै एन पेनाङ विजयी, आशिष राईको उपचारका लागि आर्थिक सहयोग
- मलेसियन लिगमा निशा र हिराको गोल