काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको टिम व्यवस्थापकमा अनिल श्रेष्ठलाई नियुक्त गरेको छ । उनले अब राष्ट्रिय फुटबल टोलीको व्यवस्थापन गर्नेछन् ।
श्रेष्ठलाई एन्फाका महासचिव किरन राईले आइतबार एक कार्यक्रमका बीच नियुक्तिपत्र हस्तान्तरण गरे । नियुक्तिपत्र लिंदै श्रेष्ठले टिम व्यवस्थापनमा आफूले पाएको जिम्मेवारी हर किसिमले कुशलता पुर्वक निर्वाह गर्ने बताए । साथै त्यो जिम्मेवारी दिइएकोमा श्रेष्ठले एन्फा लगायत सबैलाई धन्यवाद पनि दिए ।
उता नियुक्तिपत्र हस्तान्तरण गर्दै एन्फा महासचिव किरन राईले नवनियुक्त व्यवस्थापक श्रेष्ठलाई सफल कार्यकालको शुभकामना दिए । महासचिव राईले टोलीको नवनियुक्त व्यवस्थापकले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए ।
स्मरण रहोस, नेपाली राष्ट्रिय फुटबल टोली अहिले बंगलादेश विरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचका लागि बन्द प्रशिक्षणमा छ । जसको नेतृत्व कार्यवाहक मूख्य प्रशिक्षक प्रदिप हुमागाईंले गरिरहेका छन् ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान