
दमौली । सितल चोक युथ क्लब, तनहुँको आयोजनामा बुधबारदेखि प्रथम व्यास मेयर कप सेभेन ए साईड खुला फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन दुई खेलहरु सम्पन्न भए ।
दमौली स्थित बिपी बन बाटिका खेलमैदानमा भएको पहिलो खेलमा व्यास युवा समाजले कनकाई ग्लोबल एकेडेमीलाई ६–० को फराकिलो अन्तरले हरायो । व्यास युवा समाजका लागि नविन लामा एक्लैले चार गोल गरे भने आबमान थापाले थप गोल गरे ।
उता दोस्रो खेलमा आयोजक सितल चोक युथ क्लबले व्यास–११ लाई शुन्यका विरुद्ध ४ गोलले हरायो । आयोजकको जितमा लोकेश थापाले दुई गोल गरे भने अभिषेक राई र दिपेश रानाले थप एक–एक गोल गरे ।
व्यास नगरपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।