News
एन्फाको बैठकमा चार एजेण्डा थपिए
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बस्ने कार्यसमितिको बैठकमा चार एजेण्डाहरुलाई थप गरिएको छ । यसबारे सम्बन्धित कार्यसमितिका पदाधिकारीहरुलाई पत्राचार गरि जानकारी गराइएको पनि एन्फाले जनाएको छ ।
थपिएका चार एजेण्डाहरुमा पुरस्कार राशी सम्बन्धी, महिला नकआउट फुटबल प्रतियोगिता सम्बन्धि, ग्रासरुट तथा महिला फुटबल एकेडेमी सञ्चालन सम्बन्धी तथा फिफा डे मा राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच सम्बन्धी विषय सूची रहेका छन् ।
त्यसबाहेक बैठकमा नेपाल सुपर लिग (एनएसल), ए, बी र सी डिभिजन लिग, एन्फाको सिइओ नियुक्ति लगायत अन्य केही महत्वपूर्ण विषयवस्तुबारे पनि आवश्यक छलफल हुने सम्भावना छ ।

Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”