News
मनिष फेरि गोकुलम केरला मै अनुबन्धित
काठमाडौं । नेपाली गोलकिपिङ प्रशिक्षक मनिष तिम्सिना फेरि चर्चित आई लिग क्लब गोकुलम केरवा एफसीमा अनुबन्धित भएका छन् । मनिषका अनुसार उनी सिजन २०२२–२३ का लागि पनि गोकुलम मै रहने पक्का भएको हो ।
स्मरण रहोस, मनिषले गत सिजन २०२१–२२ मा गोकुलम केरला मै रहेर महिला आई लिगको उपाधि जितेका थिए । मनिषले यहि साउन ४ गतेको उडानमा काठमाडौंबाट दिल्ली प्रस्थान गर्ने बताए । साथै त्यतैबाट उनी क्लबको प्रशिक्षणमा सहभागी हुने छन् ।
नेपालकी चर्चित फरवार्ड साबित्रा भण्डारी पनि आगामी सिजनका लागि गोकुलम केरला मै अनुबन्धित भएकी छिन् । साबित्राले सन् २०१९–२० को सिजनमा गोकुलम कै लागि खेल्दै लिग उपाधि जितेकी थिईन् ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै