News
उर्जनलाई यु–१७ टोलीको जिम्मेवारी

काठमाडौं । एएफसी ए लाइसेन्स प्राप्त प्रशिक्षक उर्जन श्रेष्ठले नेपालको यु–१७ पुरुष फुटबल टोलीको प्रशिक्षकीय जिम्मेवारी पाएका छन् । उनको नियुक्तिबारे अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि पुष्टी गरेको छ ।
नेपालको घरेलु टोली फुटबलमा सफलतम क्लब मानिएको थ्रीस्टार क्लबको जिम्मेवारी समेत सम्हालिसकेका उर्जनसँग प्रशिक्षकीय जिम्मेवारीको पनि राम्रो अनुभव छ । उनकै जिम्मेवारीमा नेपालको यु–१७ टोलीले आउँदो सेप्टेम्बरमा हुने साफ यु–१७ च्याम्पियनसिप र अक्टुबरमा हुने एएफसी यु–१७ एसियन कप छनौट खेल्नेछ ।
स्मरण रहोस, नेपाल यु–१७ फुटबल टोली तयार पार्न एन्फाले मंगलबारदेखि देशभरिबाट आएका युवा खेलाडीहरुबीच खुला छनौट कार्यक्रम पनि शुरु गरिसकेको छ ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय