International पिएसजी फिफा क्लब विश्वकपको सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । युरोपियन क्लब च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) अमेरिकामा जारी प्रतिष्ठित फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राती सम्पन्न तेस्रो क्वाटरफाइनलमा नौं खेलाडीमा सिमित हुनुका बावजुद पिएसजीले बायर्न म्युनिखमाथि २–० को जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्यो ।

पिएसजीका लागि खेलको ७८औं मिनटमा डिजायर डुले पहिलो गोल गरेका थिए । त्यसलगतै ८२औं मिनटमा विलियन पाचोले रातो कार्ड खाँदै मैदान छाड्दा पिएसजी दश खेलाडीमा खुम्चिन पुग्यो । इन्जुरी समयमा लुकास हर्नान्डेजले पनि रातो कार्ड खाँदै मैदान छाड्दा पिएसजी नौं खेलाडीमा सिमित बन्न पुगेको थियो ।

तर, बायर्नले त्यसको फाईदा उठाउन सकेन । बरु उल्टै दोस्रो गोल खान पुग्यो । खेलको अन्तिमतिर ९०+६औं मिनटमा उसमान डेम्बेलेले पिएसजीका लागि दोस्रो गोल गर्दै फ्रेन्च क्लबको जित पक्का गरेका थिए ।

 

Post Comments