News
एन्फा अध्यक्ष नेम्वाङको सपथ आज
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नव निर्वाचित केन्द्र्रिय अध्यक्ष पंकज नेम्वाङ र उनको नयाँ कार्यसमितिको सपथ आज हुँदैछ । एन्फाका अनुसार सपथ कार्यक्रम साँझ ५ बजेदेखि सातदोबाटो स्थित एन्फा कम्प्लेक्सम हुनेछ ।
स्मरणीय छ, सोमबार सम्पन्न एन्फाको केन्द्रिय निर्वाचनमा नेम्वाङले निर्वतमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई ६ मतले हराउँदै विजयी भएका थिए । निर्वाचनमा खसेको कुल ८४ मत मध्ये नेम्वाङले ४५ र शेर्पाले ३९ मत प्राप्त गरेका थिए ।
एन्फाका पूर्व वरिष्ठ उपाध्यक्ष समेत रहेका नेम्वाङले अब आगामी चार वर्षका लागि नेपाली फुटबलको मुख्य जिम्मेवारी सम्हाल्ने छन् ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”