काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक सी डिभिजन लिग खेलिरहेको आरसी३२ फुटबल एकेडेमीलाई कारवाही गरेको छ । एन्फाले क्लबलाई मात्र नभएर खेलाडी तथा अफिसियलहरुलाई पनि कारवाही गरेको छ ।
लिग अन्तरगत आइतबार एन्फा कम्प्लेक्समा भएको पुल्चोक स्पोर्टस क्लबसँगको खेलमा २–२ को बराबरीपछि आरसी३२ का खेलाडी तथा अफिसियलहरुले भिआइपी स्टयाण्डमा रहेका एन्फा टेक्निकल स्टाफहरुमाथि विवादसँगै हातपातमा उत्रिएका थिए ।
यो घट्नापछि एन्फाको लिग कमिटी र अनुशासन कमिटीले आरसी३२ फुटबल एकेडेमीलाई १ लाख ५० हजार जरिवाना गरेको छ । त्यस्तै खेलाडी प्रिन्स श्रेष्ठलाई एन्फा मातहतको कुनै पनि प्रतियोगितामा खेल्न नपाउने गरि २ वर्षको प्रतिवन्ध लगाइएको छ । त्यस्तै विदुर रिजाल र प्रविन राईलाई १–१ वर्षको प्रतिवन्ध लगाइएको छ ।
त्यसैगरी टिम अफिसियल सञ्जिव कार्की तथा टिम म्यानेजर अनुप भट्टराईलाई लिगको बाँकी खेलभरिका लागि प्रतिवन्ध लगाइएको छ भने क्लबका अध्यक्ष समेत रहेका रविन चन्दलाई फुटबल गतिविधीमा सहभागिता जनाउन नपाउने गरी २ वर्षको प्रतिवन्ध लगाइएको छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)