News
यशस्वी र ग्रिन उपाधिका लागि भिड्ने
काठमाडौं । यशस्वी र ग्रिन भिलेज फाउन्डेसन प्रथम ब्राइट फ्युचर एसइइ कप छात्र फुटसल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस टु द्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा यशस्वीले ध्रुव तारालाई ४–३ गोलले पराजित गर्यो । विजेताका अभिजित राना मगरले २ तथा धननाथ ढुंगेल र निसानराज परियारले १–१ गोल गरे । ध्रुव ताराका रिकेश केसीले २ तथा श्रृजन श्रेष्ठले १ गोल फर्काए ।
अर्को सेमिफाइनलमा ग्रिन भिलेजले नेपाल राष्ट्रिय स्कुललाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएको थियो । फाइनल शनिबार हुने छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै