काठमाडौं । एएफसी एसियन कप छनौट खेल्न बन्द प्रशिक्षणमा रहेको नेपाली फुटबल टोलीले एभनिर एफसी, क्यामरुनसँग दोस्रो बराबरी खेलेको छ ।
शुक्रबार दशरथ रंगशालामा भएको खेलमा नेपालले क्यामरुनी टोलीसँग गोलरहित बराबरी खेलेको हो । स्मरण, नेपालले केही साता अघि मात्र एनभिरसँग पहिलो मैत्रीपूर्ण फुटबल म्याच खेलेको थियो । जुन खेल पनि गोलरहित बराबरीमा टुंगिएको थियो ।
केही सिनियर खेलाडीहरुले व्यवस्थापन र प्रशिक्षकसँगको विवादका कारण बन्द प्रशिक्षण छाडेपछि अहिले राष्ट्रिय टोलीमा अधिकांश युवा खेलाडी छन् ।
नेपालले थप अभ्यास र प्रशिक्षणका लागि कतारको भ्रमण गर्नेछ । कतारमा नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम पनि छ ।
आगामी जुन महिनामा हुन गईरहेको एएफसी एसियन कप छनौटतर्फ नेपाल समूह ए मा परेको छ । जहाँ नेपालले आयोजक कुवेतसँगै जोर्डन र इण्डोनेसियाको सामना गर्ने तय भईसकेको छ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान