
तेह्रथुम । ऐतिहासिक आठराई मदन मेला २०७८ मा जारी मदन मेमोरियल फुटबल प्रतियोगितामा पुरुषतर्फ प्रगतिशील तमु युवा समूह ह्वाकु र गिरी समाज खाम्लालुङ फाइनलमा प्रवेश गरेका छन् । मंगलबार त्रि-मोहन माविको खेलमैदानमा भएको दुई सेमिफाइनल खेलबाट ह्वाकु र खाम्लालुङ फाइनलमा प्रवेश गरेको हो ।
पहिलो खेलमा ग्रामीण विकास युवा समाज खाम्लालुुङलाई सडन डेथमा ४ ३ गोलअन्तरले पराजित गर्दै ह्वाकु फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमले समान २-२ गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
निर्धारित समयमा ह्वाकुका लागि मनिष केरुङ र उदुम दिनेशले गोल गरे भने खाम्लालुङका लागि अनुप लिम्बूले एक्लैले २ गोल गरेर बराबरी खेलेका थिए । बराबरीपछि खेल टाइब्रेकरमा धकेलियो ।
तर, टाइब्रेकरमा पनि समान ३-३ गोल भएपछि खेलको छिनोफानो सडनडेथबाट भएको हो । जसमा ४-३ गोलअन्तरमा ह्वाकुले फाइनल यात्रा निश्चित गरको थियो । खेलको प्लेयर अफ दी म्याच विजेता ह्वाकुका गोलरक्षक सुमन दास घोषितहुँदै नगद २ हजार ५ सय पाउन सफल भए ।
यस्तै, दोस्रो खेलमा खाम्लालुङले भद्रगोल युथ क्लब लिसिबुङलाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो । लिसिबुङका सञ्जीव लिम्बू र सुन्दर लिम्बूको प्रहार गोलपोस्टमा लाग्दै बाहिरिएपछि खाम्लालुङको फाइनल यात्रा सुनिश्चित बनेको थियो ।
निर्धारित समयमा दुवै थोलीले १-१ गोलको बराबरी खेलेका थिए । जसमा लिसिबुङका रोशन लिम्बू र खाम्लालुङका सन्देश लिम्बूले गोल गरेका थिए । सन्देश प्लेयर अफ दि म्याच घोषितहुँदै नगद २ हजार ५ सय पाउन सफल भए ।
आठराई मदन मेला आयोजक समितिले आयोजना गरेको पुरुष फुटबल प्रतियोगिताको विजेताले नगद १ लाख ३५ हजार पाउनेछ भने उपविजेता टोलीले ७५ हजारमा चित्त बुझाउनु पर्नेछ ।
- मदन मेलाको उपाधिःपुरूष तर्फ सोधुङ सेन्दाङ र महिला तर्फ म्याङलुङ स्पोर्टिङलाई
- उपाधिका लागि सोधुङ सेन्दाङ र आठराई गाउँपालिका भिड्ने
- आठराई मदनमेलाको पुरूष तथा महिला फुटबलको सेमिफाईनल समिकरण पूरा
- तमु ह्योल छोजधी र फेदाप गाउँपालिका मदन मेलाको सेमिफाइनल प्रवेश
- मदनमेलाको दोस्रो दिन पुरूष तर्फ प्रि क्वाटर फाइनलका पॉच खेल सम्पन्न