बागमती । छैठौं राजर्षि जनक कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र साविक विजेता पिप्ले युथ क्लब, हेटौडा भिड्ने भएका छन् ।
शुक्रबार भएको दोस्रो सेमिफाइनलमा मच्छिन्द्रले सुदुरपश्चिम–११ को चुनौति ३–१ ले पन्छाउँदै पिप्लेसँगको उपाधि भिडन्त पक्का गरेको हो । स्व.सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा भएको खेलमा अग्रता पनि मच्छिन्द्रले लिएको थियो ।
दोस्रो हाफको शुरुवात मै बिशाल राईको गोलबाट मच्छिन्द्र अग्रता बनायो । तर लगतै सुदुरपश्चिमका लागि दिपेन्द्रराज सिंह ठकुरीले बराबरी गोल फर्काउन सफल भएका थिए ।
यद्यपि मच्छिन्द्रका लागि बिमल घर्ती मगर र नुर्लानले थप दुई गोल गरेपछि लिग च्याम्पियनको फाइनल यात्रा सुनिश्चित भएको थियो । खेलमा मच्छिन्द्रका देवेन्द्र तामाङ म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी प्राप्त गरे ।
बागमती नगरपालिका र बागमती युवा क्लब, सर्लाहीको संयूक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल चैत्र १३ गतेका दिन हुनेछ ।
- युनाइटेड युवा क्लब महोत्तरीलाई मधेस प्रदेश स्तरीय स्ववियु कपको उपाधि
- बेङ्गाडावर स्ववियु कपको उपाधि नजिक
- १० खेलाडीमा समेटिएको युनाइटेड स्ववियु कपको उपाधि नजिक
- गोलबजार र चतुर्भुजेश्वरको जितसँगै स्ववियु कपको सेमिफाइनल समीकरण पूरा
- प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कपमा बुधबार दोस्रो क्वार्टरफाइनल खेल सम्पन्न