बागमती । नेपाल पुलिस क्लबमाथि सनसनीपूर्ण जित निकाल्दै सुदुरपश्चिम–११ यहाँ जारी छैठौं राजर्षि जनक कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार स्व. सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा भएको दोस्रो क्वाटरफाइनलमा सुदुरपश्चिमले पुलिसलाई सडन डेथमा ७–६ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
खेलमा विपक्षीका दुई पेनाल्टी प्रहार जोगाएका सुदुरपश्चिमका गोलरक्षक आकाश बुढा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत चैत्र ८ गतेको तेस्रो क्वाटरफाइनल आयोजक बागमती युवा क्लब र न्युरोडटिम (एनआरटी) बीच हुनेछ ।
बागमती नगरपालिका र बागमती युवा क्लबको संयूक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र १३ गतेका दिन हुनेछ ।
- युनाइटेड युवा क्लब महोत्तरीलाई मधेस प्रदेश स्तरीय स्ववियु कपको उपाधि
- बेङ्गाडावर स्ववियु कपको उपाधि नजिक
- १० खेलाडीमा समेटिएको युनाइटेड स्ववियु कपको उपाधि नजिक
- गोलबजार र चतुर्भुजेश्वरको जितसँगै स्ववियु कपको सेमिफाइनल समीकरण पूरा
- प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कपमा बुधबार दोस्रो क्वार्टरफाइनल खेल सम्पन्न