काठमाडौं । नेपाल र मौरिससबीच हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याचमा एक तिहाई दर्शकहरुले रंगशालामा प्रवेश पाउने भएका छन् । यो कुराको आधिकारिक पुष्टी मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको छ । यद्यपि रंगशाला प्रवेश गर्न नेपाल सरकारले तोकेको निश्चित स्वास्थ्य सुरक्षाका मापदण्ड दर्शकहरुले पूरा गरेको हुनुपर्नेछ ।
त्यस्तै एन्फाले दुई खेलका लागि टिकट मूल्य पनि तोकेको छ । जसअनुसार सामान्यतर्फ ५ सय र भिआईपीतर्फ १ हजार टिकट मुल्य तोकेको एन्फाले जनाएको छ । साथै दशरथ रंगशालामा हुने दुवै खेल कृत्रिम प्रकाशमा हुने पनि एन्फाले पुष्टी गरेको छ । एन्फाका अनुसार दुवै खेल बेलुका ४ः४५ बजेदेखि शुरु हुने जानकारी दियो ।
स्मरण रहोस, नेपाल र मौरिससबीचको खेल यहि माघ १५ र १८ गतेका दिन हुँदैछ । त्यसका लागि मौरिससको राष्ट्रिय फुटबल टोली सोमबार नै नेपाल आइसकेको छ र अभ्यास पनि शुरु गरिसकेको छ । उता नेपाली फुटबल टोली पनि हाल बन्द प्रशिक्षणमा व्यस्त छ ।
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै