बसन्तपुर । रोमाञ्चक जितका साथ केबिए ग्लोबल भरतपुर फुटबल क्लब यहाँ जारी तेस्रो माडी गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बसन्तपुर बजार स्थित स्थानीय खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा भरतपुरले लेखनाथ युनाइटेड, कास्कीलाई २–१ ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो ।
भरतपुरको जितमा रुमेश बर्तौला र अब्दुलाले १–१ गोल गरे । उता पराजित लेखनाथका लागि यामीले एक गोल फर्काए तापनि टोलीको हार भने टार्न सकेनन् ।
प्रतियोगिता अन्तरगत माघ ६ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल साविक विजेता काठमाडौं–११ र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।
बसन्तपुर युनाइटेड क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि माघ ८ गतेका दिन हुनेछ ।
केबिए ग्लोबल भरतपुर एफसी फाइनलमा
बसन्तपुर (खेलदैनिक) । रोमाञ्चक जितका साथ केबिए ग्लोबल भरतपुर फुटबल क्लब यहाँ जारी तेस्रो माडी गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बसन्तपुर बजार स्थित स्थानीय खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा भरतपुरले लेखनाथ युनाइटेड, कास्कीलाई २–१ ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो ।
भरतपुरको जितमा रुमेश बर्तौला र अब्दुलाले १–१ गोल गरे । उता पराजित लेखनाथका लागि यामीले एक गोल फर्काए तापनि टोलीको हार भने टार्न सकेनन् ।
प्रतियोगिता अन्तरगत माघ ६ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल साविक विजेता काठमाडौं–११ र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।
बसन्तपुर युनाइटेड क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि माघ ८ गतेका दिन हुनेछ ।
- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन