
काठमाडौं (एजेन्सी) । बायर्न म्युनिख र पोल्याण्डका स्टार स्ट्राईकर रोबर्ट लेवान्डोस्कीले लगातार दोस्रोपटक फिफाको द बेस्ट अवार्ड जित्न सफल भएका छन् । ३३ बर्षिय लेवान्डोस्कीले गत बर्ष पनि यो अवार्डमाथि कब्जा जमाएका थिए ।
लेवान्डोस्कीले यो अवार्ड जित्ने क्रममा लिभरपुलका मोहमद सलाह र पेरिस सेन्ट जर्मेन (पिएसजी) का लियोनल मेसीले पछि पारे । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले फिफाको स्पेशल अवार्ड आफ्नो नाममा लेखाए ।
त्यस्तै चेल्सीका व्यवस्थापक थोमस टुचेल फिफाको द बेस्ट प्रशिक्षक बने भने उत्कृष्ट गोलरक्षक पनि चेल्सीकै इडुआर्ड मेन्डीले हात पारे । चर्चित पुस्कास अवार्ड भने टोटेनह्याम हटसपरका एरिक लामेलाले जिते । गत मार्चमा उनले आर्सनल विरुद्ध गरेको सुन्दर रेबोना किक गोलले उनलाई त्यो अवार्ड दिलाएको हो ।
महिलातर्फको फिफा बेस्ट अवार्ड भने स्पेन र बार्सिलोनाकी स्टार मिडफिल्डर एलेक्सियाले हात पारिन् । स्मरण रहोस, एलेक्सियाले हालै सम्पन्न प्रतिष्ठित बेलन डि ओर अवार्डतर्फ पनि आफ्नो नाम लेखाउन सफल भएकी थिईन् ।
फिफा फ्यान अवार्ड डेनमार्क र फिनल्याण्डले संयुक्त रुपमा हात पारे भने फिफा फेयर प्ले अवार्ड डेनमार्क फुटबल टिम, डेनिस मेडिकल टिम र कोचिङ स्टाफले हात पारे ।
It is a great honor and pleasure to receive the title of FIFA The Best Men's Player 🏆
— Robert Lewandowski (@lewy_official) January 17, 2022
Thank you for your votes and your support 🙏#TheBest @FIFAWorldCup @FIFAcom pic.twitter.com/GdLwawCNK8