काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र एसियन पावर हाउस साउदी अरब फुटबल फेडरेशनबीच फुटबल विकासका लागि ऐतिहासिक सम्झौता भएको छ ।
आइतबार रियादमा सम्पन्न सम्झौता कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र साउदी अरब एफएका अध्यक्ष यासिर अल्मीसेहरले दुई बर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर र आदान–प्रदान गरे ।
सम्झौताअनुसार दुवै पक्षले एक आपसमा फुटबल विकासमा सहकार्य गर्नुका साथै समय–समयमा पूर्वाधारहरुको निरीक्षण र आवश्यक सहयोग पनि गर्नेछन् । त्यस्तै सम्झौताअनुसार दुवै देशको फुटबल टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचसहित क्लोज क्याम्प पनि हुने एन्फाले जनाएको छ । साथै दुवै देशका विभिन्न उमेर समूहका राष्ट्रिय फुटबल टोलीबीच पनि मैत्रीपूर्ण फुटबल म्याच हुने सम्झौतापत्रमा उल्लेख छ ।
त्यस्तै दुवै देशमा हुने विभिन्न फुटबल प्रतियोगिताहरुमा दुवै देशका रेफ्रीहरुको सहभागिता गराउने, रेफ्री कार्यक्रमहरु सञ्चालन गर्ने, रेफ्रीहरुको दिईने आवश्यक कोर्ष आयोजना गर्ने लगायत विविध सहमति बनेको समेत एन्फाले जनाएको छ । साथै युथ फुटबलको विकासका लागि विभिन्न वर्कशप, बैठक र सेमिनार लगायतका कार्यक्रमहरु पनि आयोजना गर्ने सहमति बनेको छ ।
हाल साउदी अरबको भ्रमणमा रहेका एन्फाका अध्यक्ष शेर्पाले सो अवसरमा एसियाली फुटबल फेडरेशन (एएफसी) का अन्य बिशिष्ठ व्यक्ति र पदाधिकारीहरुसँग पनि भेटघाट र महत्वपूर्ण छलफल गरेको एन्फाले जनाएको छ ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”