
हेटौडा । हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हेटौंडा ५ क्याम्पा चौरमा जारी सातौ हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगितामा मंगलबार ५ वटा खेलहरु सम्पन्न भएका छन् । मंगलबार भएको ५ खेलबाट विहानी फरेष्ट्री भेट्रान्स, एवीसी पोखरा, नागस्वती भेट्रान्स हेटौंडा ७, बानेश्वर भेट्रान्स र जोरपाटी भेट्रान्स विजयी भएका छन् ।
प्रतियोगिताको पहिलो खेलमा बिहानी फरेष्टी भेट्रान्स हेटौडाले सानो गौचरन नाइट किङ क्लब काठमाडौंलाई टाईब्रेकरमा ३–२ ले पराजित गरेको हो । निर्धारित समयमा १–१ गोलको बराबरी खेलेको दुवै क्लबले ट्राइब्रेकरमा नतिजा हात पारेको हो । बिहानीबाट खेलको १६औँ मिनेटमा हर्क गुरुङले १ गोल र सानो गौचरनका जगत लामाले २२मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलको म्यान अफ द म्याच विहानीका हर्क गुरुङ बने ।
त्यस्तै एबिसी भेट्रान्स पोखरा र कालभेरव भेट्रान्स हेटौडाको बीचमा भएको खेलमा एविसी पोखरा विजयी ६–० ले भएको हो । एविसी पोखराएको तर्फबाट १४मिनेटमा नरेन्द्र जड्ड गुरुङ, ४४ मिनेटमा महेन्द्र गुरुङ, ४५ मिनेटमा देशभक्त गुरुङ, ४७ मिनेटमा विजय गुरुङ, ४८ मिनेटमा हरि खड्का र ५० औँ मिनेटमा गणेश कार्कीले १–१ गोल गरे । खेलको म्यान अफ द म्याच एवीसी पोखराका महेन्द्र गुरुङ घोषित भए ।
त्यसैगरी नागस्वती भेट्रान्स हेटौडा ७ र वीरगन्ज युथ भेट्रान्सको बीचमा भएको खेलमा नागस्वती भेट्रान्स विजयी भएको छ । नागस्वतीले वीरगन्जलाई ६–० गोल अन्तरले पराजित गरेको हो । खेलमा नागस्वतीको तर्फबाट ७औँ मिनेटमा सन्तोष बस्नेत, १५मिनेटमा नरेन लिम्बु, १९, ३५ र ४८ मिनेटमा नीमा लामा र ४३ औँ मिनेटमा विजयलाल श्रेष्ठले गोल गरेका थिए । खेलको म्यान अफ द म्यान ३ गोल गर्ने नीमा लामा घोषित भए ।
त्यस्तै बौद्ध भेट्रान्स र बानेश्वर भेट्रान्स बीचको खेलमा बानेश्वर विजयी भएको छ । सुरुवाती समयमा बौद्धका सुरज थापाले गोल गरेपनी बानेश्वरले जीत निकाल्न सफल भयो । बानेश्वरको तर्फबाट समन शर्मा घिमिरेले २ गोल गर्दै आफ्नो समूहलाई विजयी बनाएका थिए । खेलको म्यान अफ द म्याच बानेश्वरका समन शर्मा घिमिरे बने ।
त्यसैगरी जोरपाटी भेट्रान्स काठमाडौं र अभिषेक चर्च नवलपराशीको बीचमा भएको खेलमा जोरपाटी विजयी भएको छ । जोरपाटीले शभिषेक चर्चलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
पौष ३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा १८ भेट्रान्स क्लबहरुले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुने समूहले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुने समूहले नगद ५५ हजार ५ सय ५५ रुपैया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक मणिराज गौतमले जानकारी दिए ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा