
हेटौडा । मकवानपुर हेटौंडाको हुप्राचौरमा जारी प्रथम अन्तरपालिका जिल्लास्तरिय पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिका बिच प्रतिष्पर्धा हुने भएको छ ।
बिहीबार भएको दोस्रो सेमिफाईनल खेलमा बागमती गाउँपालिकालाई पराजित गर्दै हेटौंडाले फाईनल भिड्न्त पक्का गरेको हो । बिहीबार भएको दोस्रो सेमिफाईनलमा हेटौंडाले बागमती गाउँपालिकालाई ३–० गोलअन्तरले पराजित गरेको हो ।
खेलको पहिलो मिनेटमै हेटौंडाका विनोद घलानले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । २४औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै त्यो अग्रता दोब्बर पारेका थिए । त्यस्तै खेलको दोस्रो हाफको अतिरिक्त समयमा हेटौंडाका मनोज लामाले गोल गर्दै हेटौंडालाई फाईनलमा पुर्याए ।
खेलको म्यान अफ दि म्याच बागमतीका बाबुराम माझि घोषित भए । हेटौंडाले अब उपाधिका लागि शनिबार थाहा नगरपालिकासंग प्रतिष्पर्धा गर्ने छ । थाहा नगरपालिकाले बुधबार भएको पहिलो सेमिफाईनल खेलमा भीमफेदी गाउँपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको उपाधि विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छ । यस्तै प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा अन्य विधागत खेलाडीले ३ हजार रुपैयाँको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा