
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अर्को महिना भारतमा हुने चार देशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने भएको छ । यो कुराको पुष्टी अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि शुक्रबार आधिकारिक रुपमा गरेको छ ।
एन्फाका अनुसार डिसेम्बर ९ देखि २१ तारीखसम्म हुन गईरहेको चार देशीय प्रतियोगितामा नेपालको सहभागिता पनि निश्चित भएको हो । यद्यपि अल इण्डिया फुटबल फेडरेशन (एआइृएफएफ) ले थप दुई टोलीबारे भने अझै घोषणा गरेको छैन । तर विभिन्न भारतीय सञ्चारमाध्यमहरुका अनुसार प्रतियोगितामा थाइल्याण्डले पनि सहभागिता जनाउन सक्ने बताइएको छ ।
यद्यपि यसबारे थप आधिकारिक रुपमा भने केही बताइएको छैन । स्मरण रहोस, भारतले आगामी बर्ष प्रतिष्ठित एएफसी वुमन्स एसियन कपको आयोजना गर्दैछ । त्यसका लागि भारतीय महिला फुटबल टोली पनि व्यस्त छ ।
नेपालले सोही प्रतियोगिताका लागि उज्वेकिस्तानमा छनौट प्रतियोगिता पनि खेलेको थियो । तर दुर्भाग्यपुर्ण रुपमा नेपाल छनौट हुनबाट भने असफल भएको थियो ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)