
काठमाडौं । एएफसी यु–२३ एसियन कप छनौटतर्फ नेपाली यु–२३ फुटबल टोलीले समूह चरणको अन्तिम खेलमा आज लेबनानसँग खेल्दैछ । छनौट प्रतियोगिताको समूह बी मा रहेको नेपाल र लेबनान दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । आजको यी दुईबीचको खेल प्रतिष्ठाको भिडन्त हुनेछ ।
नेपालले आफ्नो शुरुवाती दुई खेलमा इरान र ताजिकिस्तानसँग क्रमशः ४–० र ६–० ले हार बेहोरेको थियो भने लेबनानले ताजिकिस्तानसँग १–० तथा इरानसँग २–० को हार बेहोरेको थियो । तुलनात्मक रुपमा नेपाल लेबनान भन्दा कमजोर प्रतिद्वन्द्वी समेत हो । तर फुटबलमा कुनै पनि विपक्षीलाई कमजोर आँक्न नहुने लेबनानले बुझेको हुनुपर्छ ।
यहि उमेर समूहमा नेपाल र लेबनान यसअघि सन् २०१७ मा भिडेका थिए । एएफसी यु–२३ च्याम्पियनसिप छनौट २०१८ का लागि युएईको अल ऐनमा भिडेका यी दुई टोलीबीचको खेलमा लेबनानले नेपाललाई २–० ले हराएको थियो ।
आजको खेलमा पनि यी दुई टोली निश्चित जितका लागि भिड्ने छन् । जुन प्रतिष्ठासँग पनि जोडिएको छ । लगातार दुई हार बेहोरेर प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोली जितका साथ प्रतियोगिताको सुखद समापन गर्न चाहन्छन् ।
दुशान्बे स्थित सेन्ट्रल रिपब्लिकन स्टेडियममा हुने आजको खेल नेपाली समयअनुसार ४ः४५ बजेदेखि शुरु हुँदैछ । त्यसपछि समूह बी कै अर्को खेलमा ताजिकिस्तान र इरान भिड्ने छन् । यी दुई टोलीबीचको नतिजाले नै समुह बी को समूह विजेताको टुंगो लाग्नेछ ।
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट
- उज्वेकिस्तान पहिलोपटक फिफा विश्वकपका लागि छ्नौट
- एएफसी यु-२३ एसियन कप छनौटको समूह के मा नेपाल
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने