
हेटौडा । मकवानपुरको कैलाश गाउँपालिकामा गाउँपालिका स्तरिय नकआउट फुटबल प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ । प्रतियोगिताको उदघाटन खेलमा एफसी नमुना बी र एफसी मर्याङकोट विजयी भएका छन ।
पहिलो खेलमा आयोजक टिम एफसी नमुना बी ले एफसी टक्वालाई ३–० ले पराजित गर्न सफल भएको हो । उक्त खेलमा नमुनाका राजीब प्रजापति म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेलमा मर्याङकोटले भालुटार एफसीलाई शुन्यका बिरुद्घ एक गोलले पराजित गरेको हो । उक्त खेलमा निर्णायक गोल गर्न सफल भएका मर्याङकोटका महेश वाईबा म्यान अफ द म्याच घोषित भए ।
नमुना युवा क्लबको आयोजनामा शुरु प्रतियोगितामा १८ टोलीहरुको सहभागीता रहको आयोजक कमिटिका संयोजक विजय लोप्चनले जानकारी दिए । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि कार्तिक १६ गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा