पथरी । प्रथम राधानगर नकआउट कप २०७८ फुटबल प्रतियोगिताको उपाधी आयोजक नर्थ राधानगर फुटवल क्लवले नै जितेको छ ।
फाइनल भिडन्तमाण् आयोजकले पञ्चायन फुटबल क्लबलाई ट्राइबेकरमा ३–० ले हराउँदै उउपाधि आफ्नै पोल्टामा पार्न सफल भएको हो ।
बेलबारी–८ मोरङ स्थित खेलमैदानमा सम्पन्न निकै प्रतिस्प्रदात्मक खेलमा निर्धारीत समयमा दुबै टोलीले कुनै पनि गोल गर्न नसक्दा खेल ट्राइबेकरमा गएर टुङगिएको थियो ।
ट्राइबेकरमा आयोजकका गोलरक्षक सुर्य अधिकारीले पञ्चायनका टिम कप्तान अन्जन लिम्बुको पहिलो प्रहार नै रोकेपछि हतोत्साहित बनेको पञ्चायनले त्यसपछिको दुबै गोल बाहिर फालेको थियो ।
पञ्चायनका लागि सन्तोष दाहार र अनिस चौधरीले प्रहार गरेको बल बाहिरीए पछि आयोजकले सहज जित हासिल गर्न पुग्यो । आयोजक नर्थ राधानगरका लागि योन्जन लिम्बु, नविन गुरुङ र विबेक पौडेलले गोल गर्दै टाईब्रेकरमा आयोजकको जित पक्का गरे ।
विजेता बनेको नथ राधानगर फुटबल क्लबले उपाधिसहित नगद ५१ हजार हात पार्यो भने उपविजेता पञ्चायन फुटबल क्लबले ३१ हजारमा चित्त बुझायो ।
व्यक्तिगत विधातर्फ आयोजक कै वर्चश्व
त्यस्तै व्यक्तिगत विधातर्फ आयोजकका उत्कृष्ट गोलरक्षक सुर्य अधिकारी घोषित भए भने उत्कृष्ट डिफन्डर नविन गुरुङ चुनिए । उतकृष्ट मिडफिल्डर विबेक पौडेल बन्दा सर्वोत्कृस्ट खेलाडी अरुण लिम्बु घोषित भए । फाइनल खेलको म्यान अफ द म्याच योन्जन लिम्बु बने भने सर्वाधिक गोलकर्ताको पुरस्कार सन्जु बस्नेतले हात पारे ।
प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक सन्देश गुरुङ घोसित भए भने पञ्चायनका अन्जान लिम्बु उत्कृष्ट फरवार्ड र नविन राईले उदियमान खेलाडीको पुरस्कार हात पारे ।
नर्थ राधानगर फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताको विजेता तथा उपविजेता टोलिलाई मोरङ जिल्ला खेलकुद संघका अध्यक्ष दिपेन्द्र धिमालले पुरस्कार प्रदान गरेका थिए ।
- तेस्रो सुन्दरहरेचा मेयर कपमा इटहरीको विजयी शुरुवात
- लखनपुर भेट्रान्स तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको फाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिता: चारपाने युनाईटेड भेट्रान्स सेमिफाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स कपको सेमिफाइनल समिकरण पूरा
- पाँचौं अध्यक्ष कपः केराबारी ६ को पुरुष टोलीलाई उपाधि