
नर्थ राधानगर फुटवल क्लव बेलबारी-८ को आयोजनामा सुरु भएको प्रथम राधानगर नकआउट फुटवल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नर्थ राधानगर फुटबल क्लब निलो बेलबारीलाई हराउदै पथरी स्पोर्टिङ क्लव पथरी दोस्रो चरणमा प्रबेश गरेको छ ।
मनाङ र थ्रि स्टार जस्ता ए डिभिजन क्लवबाट खेल खेलेका दिपक राई, मीन धिमाल विशाल पाण्डे अर्जुन बस्नेत लगायतका खेलाडी सहित मैदान प्रबेश गरेको पथरी स्पोर्टिङ क्लवले गोल गर्नका लागि दोस्रो हाफको ५ मिनेटमा पहिलो गोलको खाता खोलेको थियो ।
पहिलो हाफ गोलरहित बरावरीमा सकिए पनि दोस्रो हाफको ५ मिनेटमा दिपक राईको गोल मार्फत पथरी स्पोर्टिङ क्लवले अग्रता लिएको थियो भने खेलको १७ औं मिनेटमा गोल गर्दै साईमन लिम्बुले अग्रता दोब्बर बनाए । आफ्नै खेल मैदानमा दर्शककाे राम्रो साथ पाएको आयोजक नर्थ राधानगर फुटबल क्लबले पाएका सुनैला अवसरहरु गोल गर्न नसक्दा हार बेहोर्नु परेको छ ।
खेलको म्यानअफ द म्याच पथरी स्पोर्टिङ क्लवका साईमन लिम्बू घोषित भए ।
असोज १६ बाट २३ गते सम्म संचालन हुने प्रतियोगितामा पथरी स्पोटिङ क्लव पथरी, पन्चाइन फुटवल क्लव सुनसरी, लेटाङ फुटवल क्लव लेटाङ, नव युवा क्लव बुढिगंगा, उर्लाबारी फुटवल क्लव उर्लाबारी, चुलाचुली फुटवल क्लव झापा सहित आयोजक नर्थ राधानगर फुटवल क्लव रातो र निलो गरि ८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद ५१ हजार, मेडल, ट्रर्फी तथा प्रमाण पत्र प्राप्त गर्ने छन भने उपविजेताले नगद ३१ हजार प्राप्त गर्ने छन । प्रतियोगिताको सम्पुण खेलहरु गोल नेपालबाट प्रत्यक्ष प्रसारण हुदै छ ।
- तेस्रो सुन्दरहरेचा मेयर कपमा इटहरीको विजयी शुरुवात
- लखनपुर भेट्रान्स तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको फाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिता: चारपाने युनाईटेड भेट्रान्स सेमिफाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स कपको सेमिफाइनल समिकरण पूरा
- पाँचौं अध्यक्ष कपः केराबारी ६ को पुरुष टोलीलाई उपाधि