
काठमाडौं । नेपालको अर्को ए डिभिजन क्लब च्यासल युथ क्लबले पनि स्कुलसँग सहकार्य गरेर युथ फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ ।
शुक्रबार एक कार्यक्रमका बीच च्यासल, पुष्पसदन बोर्डिङ स्कुल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच एक कार्यक्रमका बीच एकेडेमी सञ्चालन गर्न सहमति भएको हो ।
सम्झौताअनुसार पहिलो बर्ष एकेडेमी सञ्चालनका लागि स्कुलको तर्फबाट सात खेलाडी तथा क्लबको तर्फबाट सात खेलाडी गरि कुल १४ खेलाडीहरुले एकेडेमीमा प्रशिक्षण लिने छन् । त्यस्तै दोस्रो बर्षमा भने क्लबले थप सात खेलाडीलाई आवद्ध गरि कुल २१ खेलाडी पुर्याउने सम्झौता भएको एन्फाले जनाएको छ ।
एकेडेमीमा आवद्ध हुने युवा खेलाडीहरुले पुष्प सदनमा अध्ययन गर्नेछन् भने फुटबल प्रशिक्षण तथा अभ्यास च्यासलसँग गर्नेछन् । स्मरण रहोस, च्यासलले अहिले आफ्नो सुविधासम्पन्न फुटबल स्टेडियम समेत तयार पारिसकेको छ ।
सम्झौता कार्यक्रममा च्यासलको तर्फबाट अध्यक्ष रमेश ब्यान्जनकार, पुष्प सदनको तर्फबाट स्कुल प्रिन्सिपल राम धन राई र एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
स्मरण रहोस, एकेडेमी सञ्चालनका लागि यसअघि मच्छिन्द्र, संकटा, सातदोबाटो, एनआरटी र मनाङले पनि सम्झौता गरिसकेका छन् । त्यस्तै तीन विभागीय टोलीहरुले पनि युथ फुटबल एकेडेमी सञ्चालन गर्ने शुरुवात मै तय भइसकेको छ ।
- युथ लिगमा चर्च ब्वाईजको पहिलो र शानदार जित
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा