News
१३औं सागः नेपालको जितमा सरुको निर्णायक गोल

पदकको दावेदार मध्ये एक आयोजक नेपाली महिला फुटबल टोली जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) तर्फ आफ्नो पहिलो खेलमा संघर्षपुर्ण जित हात पारेको छ ।
गत संस्करणको रजत पदक विजेता समेत रहेको नेपालले मंगलबार भएको आफ्नो पहिलो खेलमा श्रीलंकालाई १–० को झिनो अन्तरले हरायो ।
पोखरा रंगशालामा नेपाल विरुद्ध जुझारु र रक्षात्मक प्रदर्शन गरेको श्रीलंकाले घरेलु टोलीलाई अन्तिम समयसम्म रोक्न सकेन । खेलको ८६औं मिनटमा सरु लिम्बुले नेपालका लागि एक मात्र निर्णायक गोल गरिन् ।
लिग चरणतर्फ नेपालले आफ्नो दोस्रो खेल विहीबार माल्दिभ्ससँग खेल्नेछ । त्यस्तै सोही दिन श्रीलंकाले बलियो भारतसँग खेल्ने कार्यक्रम रहेको छ ।
Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)
- प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको तयारी पूरा (खेलतालिकासहित)