प्रतियोगिताको बलियो प्रत्याशी मध्ये एक फर्साटिकर युवा क्लब जारी तेस्रो सन्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको सेमफाइनलमा प्रवेश गरेको छ ।
तिलोत्तमा–१४, बाघधुरा देवीनगर स्थित आयोजक क्लबको खेल मैदानमा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा फर्साटिकरले लिस्नु युवा क्लबलाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
फर्साटिकरको जितमा सुरज हमाल, आशिष जिसी र बिसु थापाले गोल गरे । उता पराजित लिस्नुका लागि फनेस गाहाले एक मात्र सान्त्वना गोल गरे । खेलमा म्यान अफ द म्याच पराजित लिस्नुका शिव बोटे घोषित भए ।
प्रतियोगिता अन्तरगत मंसिर १६ गते सोमबारको तेस्रो क्वाटरफाइनल आयोजक सन्जिवनी युवा क्लब र न्यु एभरेष्ट एफसीबीच हुने खेल संयोजक कमल परियारले जानकारी दिए ।
सन्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बाघधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले जानकारी दिए ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने