News अनिलको निर्णायक गोलसँगै मायादेवी सेमिफाइनलमा
सुरज राना मगर

सुस्ता । झिनो अन्तरको जितका साथ मायादेवी युवा क्लब यहाँ जारी प्रथम सुस्ता अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो क्वाटरफाइनलतर्फ सुस्ता स्पोर्टस क्लब–११ लाई शुन्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै मायादेवीले अन्तिम चारमा स्थान पक्का गरेको हो । सुस्ता–४ नरसही स्थित स्थानीय खेलमैदानमा सम्पन्न खेलको दोस्रो हाफतर्फ २८औं मिनटमा अनिल क्षेत्रीले गरेको एक मात्र गोल मायादेवीलाई सेमिफाइनल पुर्याउन निर्णायक बन्यो ।

खेलको म्यान अफ द म्याच पनि निर्णायक गोलकर्ता अनिल क्षेत्री नै घोषित भए । प्रतियोगिता अन्तरगत चेत्र १३ गतेको दोस्रो क्वाटरफाइनल खेल नव युवा क्ल्ब र देउराली फोर ब्रदर्शबीच हुने खेल संयोजक धिरज गुरुङले जानकारी दिए ।

सुस्ता गाउँपालिकाको आयोजना तथा एकता युवा क्लब र जर्लैया युवा क्लबको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले५५,५५५ रुपैयाँ प्राप्त गर्ने संयोजक गुरुङले बताए । फाइनल खेल भने चैत्र २० गतेका दिन हुनेछ ।

Post Comments