International फिफा विश्वकपमा दक्षिण कोरियाको पनि विजयी शुरुवात
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकपमा एसियाली राष्ट्र दक्षिण कोरियाले पनि जितका साथ प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

मेक्सिकन शहर जापोपानमा सम्पन्न समूह ए तफको दोस्रो खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक र पूनःरागमन जित निकाल्दै विजयी शुरुवात गरेको हो ।

खेलमा तीनै गोलहरु दोस्रो हाफमा सम्पन्न भए । यद्यपि खेलमा अग्रता भने चेक गणतन्त्रले लिएको थियो । खेलको ५९औं मिनटमा लाडिस्लाव क्रेसीले पहिलो गोल गरे ।

तर, खेलमा चेक गणतन्त्रले त्यो गोलको खुशी धेरैबेर मनाउन सकेन । खेलको ६७औं मिनटमा ह्वाङ इन बोमले दक्षिण कोरियाका लागि बराबरी गोल गरे भने ८०औं मिनटमा ओह ह्युन ग्युले दोस्रो गोल गर्दै एसियाली टोलीको जित पक्का गरे ।

दक्षिण कोरियाले अब आफ्नो दोस्रो खेल १८ जुनका लागि आयोजक मेक्सिकोसँग खेल्नेछ । सोही दिन चेक गणतन्त्रले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

समूहको शिर्ष दुई टोली सोझै नकआउट चरणमा प्रवेश गर्नेछन् भने उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने आठ टोलीहरुले पनि नकआउट चरणमा आफ्नो स्थान पक्का गर्नेछन् ।

Post Comments