
नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा वडास्तरीय हेटौंडा मेयर कप फुटबल प्रतियोगिता–२०७७ शुरु भएको छ।
हेटौंडाको हुप्राचौरमा शुक्रबार शुरु भएको प्रतियोगिताको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन् गर्दै मुख्यमन्त्री पौडेलले खेलकुदको धेरै महत्व रहेको बताए । उनले खेलमा हार जित हुने भएपनि खेलको मर्यादालाई कायम गर्नुपर्ने बताउँदै आयोजक तथा खेलाडीहरुलाई शुभकामना दिए ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, फुटबल संघका बागमती प्रदेश अध्यक्ष राजेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, मकवानपुर फुटबल संघका अध्यक्ष टिकाराम लामा, हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही लगायतको उपस्थित थियो ।
प्रतियोगितामा वडा नं. ११ ले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा वडा नं. ११ ले वडा नं.१ लाई ४–० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । वडा नंं ११ लाई शानदार जित दिलाउनको लागि ललित चौलागाईं र सुमित प्रधान दुई–दुई गोल गरे । चौलागाईंले खेलको २५ र ४५ औँ मिनेटमा गोल गरे भने प्रधानले खेलको २८ र ७२ औँ मिनेटमा गोल गर्दै टोलीलाई शानदार जित दिलाएका हुन् । दुई गोल गदै उत्कृष्ट खेल प्रर्दशन गरेका ललित चौलागाईं म्यानअफ द म्याच घोषित भए ।
शनिबार भोलि दुई खेल हुनेछ । पहिलो खेल वडा नं १६ ले १९ संग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेल वडा नंं.९ ले १७ संग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । फागुन २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १९ वटा टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेतालाई नगद दुईलाख रुपैयाँ, उपविजेताले नगद एकलाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणापत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद दशहजार रुपैयाँ, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पाँच पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा