बगनासकाली । नव जागृति युवा क्लब, बगनासकाली–१, घोरबन्दा, पाल्पाको आयोजनामा आउँदो भदौ १६ गतेदेखि तीज स्पेशल कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
बगनासकाली–१ स्थित कोठीचौर फुटबल मैदानमा हुने प्रतियोगितामा सहभागिताका लागि भदौ १२ गतेसम्म टिमदर्ता समेत खुला गरिएको आयोजक क्लबका बिर राना मगरले जानकारी दिए । साथै टिमदर्ता शुल्क ९००० र कार्ड डिपोजिट वापत १००० थप बुझाउनुपर्ने उनले बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,०१० रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५०५ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
महिलाहरुको महान चाड हरीतालिका (तीज) को अवसर पारी वार्षिक रुपमा आयोजना हुँदै आएको प्रतियोगितालाई यसपटक पनि भव्य रुपमा आयोजना गर्ने लक्ष्य लिएको आयोजक क्लब कै जनक गाहाले जानकारी दिए ।
प्रतियोगिताबारे विस्तृत पत्र पनि हेर्नुहोसः
