
हेटौडा । भिडोल बिजय युथ हेटौडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक विजय युथ क्लबले जितेको छ । शुक्रबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा बिजय युथले सेन्ट्रल कलेज भरतपुर फुटबल क्लबलाई २–१ ले हराउँदै उपाधि जितेको हो ।
हेटौडा स्थित फरेष्ट्री क्याम्पसको खेलमैदानमा भएको खेलमा शुरुवाती अग्रता बनाएर पनि त्यसलाई जोगाउन नसक्दा भरतपुरले उपविजेतामा चित्त बुझाउन बाध्य भयो । खेलको ६३औं मिनटमा रन्जित आलेको गोलबाट भरतपुरले खेलमा अग्रता लिएको थियो । यद्यपि त्यसको तीन मिनट लगतै सन्त गुरुङले आयोजकका लागि बराबरी गोल फर्काएका थिए ।
लगतै ७३औं मिनटमा आयोजकले पेनाल्टीको अवसर पाएको थियो । जसलाई रुपेश केसीले कुनै गल्ती नगरी गोलमा परिणत गर्न सफल भएका थिए । जुन गोल खेलको निर्णायक गोल पनि बन्यो ।
फाइनल खेलको म्यान अफ द म्याच आयोजक बिजय युथ कै सन्त गुरुङ घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । त्यस्तै विजेता बनेको बिजय युथले उपाधिसहित नगद ३ लाख हात पारेको छ भने उपविजेता भरतपुरले १ लाख ५० हजारमा चित्त बुझाएको छ ।
बिजय युथ क्लब, हेटौडाको आयोजनामा गत माघ १६ गतेदेखि शुरु प्रतियोगितामा मकवानपुर, चितवन, सर्लाही र विरगंजका गरी कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा