News
बेलडाँगी क्वाटरफाइनलमा प्रवेश
बुढीगंगा । बेलडाँगी फुटबल क्लब यहाँ जारी दोस्रो हात्तीमुडा कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बेलडाँगीले नव युवा क्लबलाई १–० को झिनो अन्तरले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो । कर्मवीर माविको खेलमैदानमा भएको खेलमा बेलडाँगीका लागि बिशाल मगरले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । खेलका निर्णायक गोलकर्ता बिशाल मगर नै म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत मंसिर २५ गते बिहीबारको अन्तिम प्रिक्वाटरफाइनल खेल संयुक्त युवा क्लब र रोयल लाईन्ज फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।
हात्तीमुडा स्र्पोटिङ एकेडेमी, बुढीगंगा गाउँपालिका–५, हात्तीमुडा, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो पुष ५ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय