News
मकाउः जेएन एफसीलाई दोस्रो गुर्खाज कपको उपाधि
काठमाडौं । गुर्खाज फुटबल क्लब, मकाउको आयोजनामा सम्पन्न दोस्रो गुर्खाज कप फुटबल प्रतियोगिताको उपाधि जेएन फुटबल क्लब, हङकङले जितेको छ ।
फाइनलमा जेएनले सेक्युरिटाज एफसी ब्लुलाई टाईब्रेकरमा ३–१ ले हराउँदै प्रतियोगिताको दोस्रो संस्करणको विजेता बन्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
विजेता बनेको जेएन एफसीले उपाधिसहित नगद १० हजार मोप हात पार्यो भने उपविजेता सेक्युरिटाजले ६ हजार मोपसहित ट्रफी, मेडलमा चित्त बुझायो । जोनाथन लिम्बु प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी बन्दा ऋषिहाङ लिम्बुले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे ।
प्रतियोगितामा मकाउ र हङकङमा रहेका प्रवासी नेपालीहरु सम्मिलित कुल १३ टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने