सुकचर । पुर्वाञ्चल युनाइटेड क्लब, मोरङ जारी पाँचौं बुढीगंगा सुकचर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
शनिबार भएको दोस्रो क्वाटरफाइनलतर्फ पुर्वाञ्चलले बिराटनगर सिटी फुटबल क्लब, मोरङलाई १–० को साँघुरो अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
सुकचर स्थित बुढीगंगा खेलमैदानमा भएको खेलमा पुर्वाञ्चका लागि ३६औं मिनटमा बबिन बोहराले गरेको एक मात्र गोल टोलीलाई जित दिलाउन निर्णायक गोल बन्यो । खेलको म्यान अफ दि म्याच पनि बोहरा नै चुनिए ।
प्रतियोगिता अन्तर्गत असोज १२ गते आइतबारको तेस्रो क्वाटरफाइनल खेल पञ्चायन फुटबल क्लब, रामधुनी, सुनसरी र केराबारी फुटबल क्लब, मोरङबीच हुने आयोजकले जानकारी दियो ।
नवयुवा क्लब सुकचर ११, बुढीगंगा–६, सुकचर, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही असोज १८ गतेका दिन हुनेछ ।

- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय