काठमाडौं । गत साता मात्रै जेनजी पुस्ताले गरेको देशव्यापी आन्दोलनमा परी फुटबल खेलाडी पनि घाइते भएका छन् । आन्दोलनको पहिलो दिन भाद्र २३ गते गोली लागि फुटबल खेलाडी पवन शाही घाइते भएका हुन् ।
मान्म, कालिकोटका स्थायी वासिन्दा शाहीलाई छाती र हातमा गोली लागेको नेपाल फुटबल खेलाडी संघले जनाएको छ । साथै उनको हाल ट्रमा सेन्टरमा उपचार भईरहेको पनि संघले जानकारी दियो ।
मोफसलदेखि राष्ट्रियस्तरको फुटबलमा सक्रिय शाहीले नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटीका लागि खेलेका थिए । त्यसबाहेक उनले बिग्रेड ब्वाईज क्लब (बीबीसी) र न्युरोडटिम (एनआरटी) जस्ता क्लबहरुबाट पनि खेलिसकेका छन् ।
घाइते खेलाडी शाहीलाई खेलाडी संघका अध्यक्ष बिक्रम लामा सहितको टोलीले पनि भेटघाट गरेको थियो । साथै उनको थप उपचारका लागि संघले आवश्यक पहल गर्ने समेत जनाएको छ ।
स्मरण रहोस, सोही आन्दोलनमा परी बाँकै जिल्ला क्रिकेटका खेलाडी सुलभ राज श्रेष्ठको निधन समेत भएको थियो ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)