
पथरी । संघर्षपुर्ण जितका साथ योङ ब्रदर्श सिरिजंघा एफसी जारी पाँचौं रिफ्युजी च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो सेमिफाइनलमा दुधे एफसीलाई टाइब्रेकरमा ४–२ ले हराउँदै योङ ब्रदर्शले फाइनलमा आयोजक युथ फ्रेन्डली सेन्टरसँगको भेट पक्का गरेको हो ।
भुटार्नी शरणार्थी शिविरको खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलकोे चौथो मिनटमै सनम भुजेलको गोलबाट अग्रता बनाएको योङ ब्रदर्शले त्यसलाई जोगाउन नसक्दा टाईब्रेकरसम्म संघर्ष गर्नुपरेको थियो । उता दुधेका लागि बिशाल दर्जीले गोल फर्काउँदै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।
ट्रइबेकरमा सिरिजंघा एफसीका दिपेश धिमाल, सनम भुजेल, राजकुमार कन्दङवा र दिवश गिरीले गोल गरे । उता दुधेका निकेश श्रेष्टको प्रहार सिरिजांघाका गोलरक्षक विशाल दर्लामीले बचाएका थिए । दुधेका लागि सुसिल मगर र प्रितम लिम्बुले गोल गरे भने संन्जिव बुढाथोकीको प्रहार बाहिरीएको थियो ।
खेलको म्यान अफ द म्याच सिरिजंघा एफसीका पहिलो गोलकर्ता सनम भुजेल घोषित हुदै नगद २५ सय रुपैया र मेडल प्राप्त गरे । अब योङ ब्रदर्शले फाइनलमा माघ १५ गते बिहीबारका दिन आयोजक युथ फ्रेन्डली सेन्टरसँग उपाधिका लागि भिड्ने छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
- तेस्रो सुन्दरहरेचा मेयर कपमा इटहरीको विजयी शुरुवात
- लखनपुर भेट्रान्स तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको फाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिता: चारपाने युनाईटेड भेट्रान्स सेमिफाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स कपको सेमिफाइनल समिकरण पूरा
- पाँचौं अध्यक्ष कपः केराबारी ६ को पुरुष टोलीलाई उपाधि