चिल्हिया । रुपन्देहीको सियारी गाउँपालिकामा जारी स्व. मोहन घर्ती क्षेत्री स्मृति चौथो डिवाइसी कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनलमा जागृति युवा क्लब र आयोजक डिवाइसी क्लब भिड्ने भएका छन् ।
शनिबार सम्पन्न पहिलो सेमिफाइनलमा जागृतिले योङ ब्वाईज क्लबलाई ४–० ले हराउँदै फाइनल सथान तय गर्यो । जागृतिको जितमा कप्तान रोशन थापाले दुई गोल गर्दा थप दुई गोल सुरज चौधरी र निर थापा मगरले गरे ।
त्यस्तै शनिबार नै भएको दोस्रो सेमिफाइनलमा आयोजक डिवाइसीले हाटी अमुवा युवा क्लबलाई समान ४–० को अन्तरले हराउँदै उपाधि नजिक पुग्न सफल भयो । डिवाइसीका लागि मुकुल क्षेत्रीले दुई गोल गर्दा थप दुई गोल सुगम अधिकारी र उमेश थापाको नाममा रह्यो ।
प्रतियोगिता अन्तर्गत फाइनल खेल यही साउन २५ गते आइतबार आयोजक डिवाइसी र जागृति युवा क्लब बीच हुने प्रचार प्रसार संयोजक सागर राना मगरले जानकारी दिए ।
डिवाइसी क्लब, सियारी गाउँपालिका–१, चिल्हियाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष दिनेश कार्कीले जानकारी दिए ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने