News
एजी टेन फुटबल एकेडेमीलाई डाना कपमा प्ले अफ बी तर्फको उपाधी
काठमाडौं । डेनमार्कमा भएको प्रतिष्ठित डाना कप यु-१४ तर्फ प्ले अफ बी क्याटगोरीको उपाधी नेपालको एजी टेन फुटबल एकेडेमीले जितेको छ ।
प्ले अफ बी तर्फको फाइनलमा एजी टेनले केन्याको टोलीलाई ३-० ले हराउँदै उपाधी जित्न सफल भएको हो । नेपाली टोलीका लागि रिहान बुढा मगर, नोआह राई र अरनिस गुप्ताले गोल गरे ।
स्मरण रहोस, एजी टेन फुटबल एकेडेमी नेपालकै पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा कप्तान अनिल गुरुङद्वारा सञ्चालित एकेडेमी समेत हो ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने