केराबारी । लागुदार्थ विरुद्ध युवाहरुमा सचेतना जगाउने उद्देश्यका साथ यही साउन ९ गतेदेखि शुरु हुन गईरहेको प्रथम मनसुन कप यु–१५ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
मोरङ स्थित केराबारी रंगशालामा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको पहिलो दिन साउन ९ गते दुई खेलहरु हुने खेलतालिकामा उल्लेख छ । जसअन्तर्गत साउन ९ गते पहिलो खेलमा लालीगुराँस एफसी र शुक्रबारे एफसी भिड्ने छन् भने सोही दिन दोस्रो खेलमा शान्ति युवा क्लब र लाफा एफसी भिड्ने खेलतालिकामा उल्लेख छ ।
कुल १६ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल साउन १६ गतेका दिन हुनेछ । केराबारी फुटबल क्लब, केराबारी–८, मोरङको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १७१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ९१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- जहदा एफसी बन्यो च्याम्पियन