News ITSutra Inc. USA र नेपाली कप्तान किरण चेम्जोङबीच ३० लाख रुपैयाँको ब्रान्ड एम्बासडर सम्झौता
गोलनेपाल

अमेरिकाको टेक्सासमा मुख्यालय रहेको आईटी कन्सल्टिङ कम्पनी ITSutra Inc. ले नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङलाई आफ्नो ब्रान्ड एम्बासडर घोषणा गरेको छ। यो सम्झौताको मूल्य ३० लाख रुपैयाँ रहेको छ।

२०१४ मा स्थापना भएको ITSutra ले Microsoft Power Platform, QA Automation, र क्लाउड-आधारित समाधानहरू मा विशेषज्ञता राख्दै आएको छ। कम्पनीले प्रविधिमा नेपाली युवा प्रतिभाको विश्वस्तरीय पहिचान बनाउने उद्देश्य लिएको छ। किरणको अन्तर्राष्ट्रिय छवि, समर्पण र अनुशासनले कम्पनीको ब्रान्ड मूल्यसँग मेल खाने भन्दै उनलाई प्रतिनिधित्व गराउने निर्णय लिइएको हो।

ITSutra का CEO पंकज श्रेष्ठले भने, किरण केवल खेलाडी होइनन्, उहाँ लाखौं नेपाली युवाका लागि प्रेरणा पनि हुनुहुन्छ। उहाँजस्तो व्यक्तित्वको साथमा हाम्रो प्रविधि अभियानलाई अझ सशक्त बनाउने विश्वास लिएका छौं।”

सम्झौताअनुसार, किरण चेम्जोङ ITSutra का ब्रान्ड अभियान, युवा लक्षित प्रविधि तालिम, डिजिटल कार्यक्रम र सामाजिक अभियानी पहलहरूमा सक्रिय रहनेछन्। यसले प्रविधिमा रुचि राख्ने नेपाली युवाहरूलाई थप प्रोत्साहन दिने अपेक्षा गरिएको छ।

ITSutra Inc. को पृष्ठभूमि:
१० वर्षभन्दा बढीदेखि सक्रिय यो कम्पनीले विश्वभरका २००+ ग्राहकलाई सेवा दिँदै आएको छ। १२०० भन्दा बढी नेपाली प्राविधिकहरूलाई अमेरिकी कम्पनीहरूमा रोजगारीको अवसर दिलाउनु यस कम्पनीको प्रमुख उपलब्धि हो।

Post Comments