News
फराकिलो जितका साथ एकम्बा सेमिफाइनलमा
सोनापुर । एकतर्फी जित निकाल्दै एकम्बा फुटबल क्लब यहाँ जारी प्रथम वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको दोस्रो क्वाटरफाइनलतर्फ एकम्बाले दुहबी–८, सुनसरीलाई ५–१ को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।
खेलमा एकम्बाका उमेश कार्की म्यान अफ दि म्याच घोषित भए । उनले त्यसवापत नगद १ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत असार १६ गतेको तेस्रो क्वाटरफाइनल खेल एकता युवा क्लब, इटहरी र पूर्वाञ्चल युनाइटेड, मोरङबीच हुने आयोजकले जानकारी दियो ।
दुहबी नगरपालिका वडा नम्बर ८ को कार्यालय, सोनापुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार २१ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा