News
फिफा क्लब विश्वकपः पिएसजी र बायर्न क्वाटरफाइनलमा

काठमाडौं (एजेन्सी) । युरोपियन क्लब च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) र जर्मन जायन्ट बायर्न म्युनिख जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको तेस्रो प्रिक्वाटरफाइनलतर्फ पिएसजीले इन्टर मियामीलाई ४–० को अन्तरले हरायो । पिएसजीको जितमा खेलको छैठौं मिनटमा र ३९औं मिनटमा गरी जोआओ नोभेसले दुई गोल गरे । लगतै ४४औं मिनटमा टोमस एविलेसले आत्मघाती गोल गर्दा पहिलो हाफ कै अतिरिक्त समयमा अचरफ हाकिमीले चौथो गोल गर्दै पिएसजीको जित पक्का गरे ।
पिएसजीले अब ५ जुलाईका दिन हुने तेस्रो क्वाटरफाइनलतर्फ दुईपल्टको पूर्व विजेता बायर्न म्युनिखको सामना गर्नेछ । बायर्नले पनि आइतबार अबेर राती सम्पन्न चौथो प्रिक्वाटरफाइनलमा ब्राजिलियन क्लब फ्लामेंगोलाई ४–२ ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गर्यो ।
Post Comments
Related News
- कनकाफ गोल्डकपः आयोजक अमेरिका सेमिफाइनलमा, क्यानडा स्तब्ध
- एएफसी महिला एसियन कप छनौटः नेपाल कै समूहमा रहेको उज्वेकिस्तानको पनि फराकिलो जित
- कनकाफ गोल्डकपमा साउदीको चुनौति समाप्त, मेक्सिको र होण्डुरस सेमिफाइनलमा
- चेल्सी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा
- फिफा क्लब विश्वकप: क्वाटरफाइनल पुग्ने पाल्मिरास पहिलो टोली